७ असार २०८२, शनिबार । June 21, 2025

लमजुङको सुन्दर बजारमा भीषण आगलागी, ७० वर्षीया वृद्धाको जलेर मृत्यु



लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा मंगलबार बिहान भएको आगलागीमा परेर एक वृद्धाको ज्यान गएको छ।

स्थानीय भरत थापाको घरमा डेरा गरी बस्दै आएकी ७० वर्षीया मिठी थापा जलेर गम्भीर घाइते भएपछि उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लगिएको थियो। तर, गम्भीर अवस्थाका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीले जानकारी दिए।

मिठी थापा दोर्दी गाउँपालिका–१ की स्थायी बासिन्दा थिइन्। आगलागी आज बिहान करिब ३:३० बजे भएको हो। प्रहरी र स्थानीयले कोठाको ढोका फोरेर उनलाई उद्दार गरे पनि बचाउन सकिएन। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो दुखद घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली