२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

गणतन्त्रको पक्षमा बुटवलमा एमालेको शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने

बुटवल | प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउने भएका छन्। नेकपा एमालेले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्न ओली बुटवल आउन लागेका हुन्। राजसंस्थाप्रति बढ्दो आकर्षणको सन्दर्भमा एमालेले गणतन्त्रको पक्षमा जनचेतना फैलाउन शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो। गणतन्त्र सुदृढीकरणका लागि देशभर सात स्थानमा आयोजना हुने जागरण सभामध्ये…