४ बैशाख २०८२, बिहिबार । April 17, 2025

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको आपत्ति



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले एक सार्वजनिक कार्यक्रममा आफूमाथि गरिएका अमर्यादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

नेपाल सरकारका माननीय राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा, महामहिम नेपाली राजदूत र गुरुङ्लालाई लक्षित गर्दै प्रयोग गरिएको तुच्छ र आपत्तिजनक भाषाप्रति सामाजिक संजाल फेसबुक मार्फत गुरुङले गम्भीर असन्तोष व्यक्त गरेका हुन्।

गुरुङले जारी गरेको वक्तव्यमा यस्तो व्यवहारले न केवल व्यक्तिगत गरिमा, तर संस्थागत मर्यादा र सम्पूर्ण प्रवासी नेपाली समाजको सम्मानमाथि पनि आघात पुर्याएको उल्लेख छ। उनले यस्ता गैर-जिम्मेवार अभिव्यक्तिहरूको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षहरूलाई भविष्यमा यस्ता गतिविधिबाट परहेज गर्न अनुरोध गरेका छन्।

“म कसैसँग व्यक्तिगत दुश्मनी राख्दिन। म सधैं सभ्य र प्रक्रियागत समाधानमा विश्वास राख्छु,” उनले स्पष्ट पारेका छन् । साथै उनले एनआरएनए दक्षिण कोरियाको ९ औं महाधिवेशनको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार उक्त निर्वाचनमा पराजित उम्मेदवार बिपिन गुरुङले स्वघोषित रूपमा आफैँलाई अध्यक्ष घोषणा गर्नु, ‘एकता महाधिवेशन’ को नाटक मञ्चन गर्नु र त्यसकै आडमा चरित्र हत्या अभियान चलाउनु नियोजित विभाजनको प्रमाण रहेको उल्लेख गरेका छन् ।

“यदि यस्ता अवाञ्छित गतिविधिहरू रोकिएनन् र सार्वजनिक रूपमा माफी नमागिए, म कानुनी बाटो अवलम्बन गर्न बाध्य हुनेछु,” गुरुङले चेतावनी दिएका छन्।

उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई शान्ति, एकता र सहकार्यको सन्देश फैलाउने आफ्नो अटूट प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख