१ श्रावण २०८२, बुधबार । July 16, 2025

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइने, थुनामा पठाउने प्रक्रिया सुरु



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र निलम्बित सांसद रवि लामिछानेलाई आज (सोमबार) अदालतमा उपस्थित गराइने प्रक्रिया सुरु भएको छ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई भैरहवा लगेर रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ। अदालतमा प्रक्रिया पूरा गरेपछि उनलाई थुनामा पठाइने छ। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले दिएको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।

पहिले जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छुटाउन आदेश दिएको थियो, जुन आदेश उच्च अदालतले बदर गर्दै साधारण तारेखमा छुट्ने मागलाई अस्वीकार गर्‍यो। त्यसपछि उनलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले लामिछाने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका थिए, र अब उनले मुद्दाको फैसला नहुन्जेल कारागारमा बस्ने छन्।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश