२३ असार २०८२, सोमबार । July 8, 2025

गणतन्त्रको पक्षमा बुटवलमा एमालेको शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने



बुटवल | प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउने भएका छन्। नेकपा एमालेले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्न ओली बुटवल आउन लागेका हुन्। राजसंस्थाप्रति बढ्दो आकर्षणको सन्दर्भमा एमालेले गणतन्त्रको पक्षमा जनचेतना फैलाउन शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो।

गणतन्त्र सुदृढीकरणका लागि देशभर सात स्थानमा आयोजना हुने जागरण सभामध्ये बुटवलको सभा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने छ। चैत २४ देखि ३० गतेसम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तर्गत रामनगरस्थित बुटवल मण्डपमा शुक्रबार कार्यक्रम हुनेछ।

एमाले प्रचार विभाग, रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ। एमाले सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालका अनुसार यो कार्यक्रमको उद्देश्य प्रतिगमनविरुद्ध जनतालाई सचेत गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु हो।

अर्यालले सरकारमै रहँदा पनि पार्टीले सभा गर्नुको कारण गलत प्रचारविरुद्ध वास्तविकता जनतालाई बुझाउनु रहेको बताइन्। “काम गर्दा केही कमजोरी भए पनि यो व्यवस्था सहजै आएको होइन, यसको रक्षा सबैको जिम्मेवारी हो,” उनले भनिन्।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले यो कार्यक्रम केवल एमालेको मात्र नभई सम्पूर्ण गणतन्त्र समर्थकहरूको साझा आवाज हुने बताए। कार्यक्रमपूर्व बुटवलदेखि भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सवारीसाधनसहितको र्याली निकालिने र विभिन्न स्थानबाट आएका टोलीहरू रामनगरस्थित कार्यक्रम स्थलमा जम्मा हुनेछन्।

साथै, शीर्ष नेताहरूको उपस्थिति रहने यो सभाबाट गणतन्त्रको संरक्षण र मजबुतीका लागि जनमानसमा स्पष्ट सन्देश प्रवाह गरिने एमालेले बताएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले