काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले आफु मानवअधिकारकर्मी तथा कानुनी प्रतिनिधिको रोहवरमा २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै यो जानकारी दिएका हुन्। प्रसाईले प्रहरी प्रशासनलाई आफूमाथि अनावश्यक खोजी नगर्न पनि अनुरोध गरेका छन्। उनले भनेका छन्, “कसैले भन्छ भारत भाग्यो, कसैले भन्छ कतै लुकेको छ। तर म स्पष्ट भन्न चाहन्छु— म कतै भागेको छैन, म नेपालमै छु र सुरक्षित स्थानमै छु।”
उनको भनाइ अनुसार, अबको २४ घण्टाभित्र मानवअधिकारकर्मी र आफ्ना कानुनी सल्लाहकारको उपस्थितिमा कानुनी प्रक्रिया सामना गर्न उनी तयार छन्। यसैबीच, प्रसाईविरुद्ध विभिन्न अभिव्यक्तिका कारण कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया