काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति तीव्र टिप्पणी गर्दै विगतका निर्णय सम्झाउने प्रयास गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई लिएर माओवादी पक्षबाट उठाइएको आलोचनाको जवाफ दिएका थिए। भट्टराईले दाहालप्रति प्रश्न गर्दै भने, “तपाईंले त प्रधानसेनापति…