२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित



गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन नियमित उडान हुने भएको छ।

यसअघि साप्ताहिक रूपमा मात्र सञ्चालन हुँदै आएको उडान अब आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन दिन हुने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सको टुइनेटर विमानमार्फत सेवा सञ्चालन हुँदै आएको छ। जहाज मर्मतका कारण केही समय सेवा अवरुद्ध भए पनि अहिले पुनः नियमित रूपमा उडान सुरु भएको हो।

मौसमका कारण र जहाजको अभावले नियमितता कायम राख्न कठिनाइ हुँदै आएको थियो। निगमको १८ सिट क्षमताको विमान बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गातर्फ उड्नेछ भने बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि प्रस्थान गर्ने तालिका तय गरिएको छ। उडान नियमित हुने भएपछि स्थानीयवासीहरूमा उत्साह देखिएको छ।

भाडादरको हिसाबले रेसुङ्गाबाट काठमाडौंका लागि रु ७,०८० र काठमाडौंबाट रेसुङ्गा आउने यात्राका लागि रु ७,२८० तोकिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई