१० चैत्र २०८२, मंगलबार । March 24, 2026

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ। वर्षाले छोट्याइएको खेलमा थाइल्यान्डको एआईटी मैदानमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमै ३ विकेट गुमाएर सजिलै भेट्टायो। हङकङका लागि शनजीन शाहजादले नटआउट १५ रनको योगदान दिइन् भने नेपालकी कविता कुँवरले २ विकेट हात पारिन्।…