१८ श्रावण २०८३, सोमबार । August 4, 2026

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा


३० बैशाख २०८२, मंगलबार  

51
Shares

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध भएको बीपी राजमार्ग आज (मंगलबार) दिउँसो १ बजेदेखि पुनः सञ्चालनमा आएको छ।

सोमबार राति करिब १० बजे काभ्रेको रोशी गाउँपालिका–१२ मालिस्थित रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर आलेका अनुसार अहिले डाइभर्सन पुनः निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

गत वर्ष असोजमा आएको बाढीले पनि सोही स्थानमा राजमार्ग बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत् नै यातायात सञ्चालन हुँदै आएको थियो। अहिले पनि यही मोडेल अनुसार समस्या समाधान गरिएको हो। यसैबीच, सोमबारको अविरल वर्षासँगै आएको बाढीले पनौती नगरपालिका–५ सुब्बागाउँकी ३३ वर्षीया रेनुका गिरीलाई बगाएर बेपत्ता बनाएको छ।

मेला गएर फर्कंदै गर्दा साँझ करिब ६ बजे ढलमले खोलामा आएको आकस्मिक बाढीले उनलाई बगाएको बताइएको छ। खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर