७ असार २०८२, शनिबार । June 21, 2025

विश्वकप यात्राः हङकङसँगको निर्णायक भिडन्तमा नेपाल आज मैदान उत्रँदै



काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग महत्त्वपूर्ण खेल खेल्दैछ।

यो खेल थाइल्याण्डको बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२स्३५ बजे सुरु हुनेछ। पहिले वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द भएको थियो। नेपालले बहराइनमाथि सहज जित दर्ता गर्दै प्रतियोगितामा सशक्त सुरुआत गरिसकेको छ। आजको खेल नेपालका लागि निर्णायक बन्न सक्छ।

यदि नेपालले हङकङलाई पराजित गर्न सफल भयो भने सुपर थ्री चरणमा स्थान पक्का हुनेछ। तर हारको अवस्थामा छनोटको यात्रा जटिल बन्नेछ। समूह ‘सी’ मा नेपाल, हङकङ र बहराइन रहेका छन्।

सुपर थ्री चरणमा पुग्ने दुई उत्कृष्ट टोलीले आगामी टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली