४ पुस २०८२, शुक्रबार । December 20, 2025

पुल भाँचिदा अवरुद्ध पूर्वपश्चिम राजमार्ग डाइभर्सन बनाएपछि खुल्यो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारा क्षेत्रस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ। तर, अस्थायी डाइभर्सनमार्फत अहिले यातायात सुचारु गरिएको छ। चोरमारा बजारभन्दा केही तलतिर अस्थायी डाइभर्सन तयार गरी साना तथा यात्रुवाहक सवारीसाधनलाई प्राथमिकतामा राखी गाडीहरु पार गराइँदैछ। गए राति मालबाहक ट्रक पुल पार गर्ने क्रममा पुल एक्कासि…