काठमाडौं । अस्ट्रेलियाका बहुआयामिक खेलाडी ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। क्रिकेट अस्ट्रेलियाका अनुसार, म्याक्सवेलले आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकपमा केन्द्रित रहन यो निर्णय गरेका हुन्। ३६ वर्षका म्याक्सवेलले सन् २०२१ देखि २०२५ सम्म एकदिवसीय क्रिकेटमा कुल १४९ खेल खेलेका छन्। यस अवधिमा उनले ३३.८१…