१ कार्तिक २०८३, आइतबार । October 18, 2026

एकैदिन २ हजार ९ सयले बढ्यो सुनको भाउ


२० जेष्ठ २०८२, मंगलबार  

111
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले उकालो लागेको छ। नयाँ मूल्यअनुसार अब सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, जुन सोमबारको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँभन्दा धेरै हो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि उक्लिएको छ। चाँदी आज प्रतितोला ५५ रुपैयाँले वृद्धि भई २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

हालैको यो मूल्यवृद्धिले सुनचाँदी कारोबारमा सक्रिय व्यवसायी र उपभोक्तामा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि