काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने मलेखु–मुग्लिन सडक खण्ड रातको समयमा केही दिनका लागि बन्द हुने भएको छ। जेठ ३० गतेदेखि असार ७ गतेसम्म हरेक रात १०:३० बजेबाट बिहान ३:०० बजेसम्म यो सडक खण्डमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। धादिङका डिएसपी सुवास हमालका अनुसार, सडक खण्ड अन्तर्गत बार्बाङ…