२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

एयर इण्डियाको विमान दुर्घटना: कुनै पनि नेपाली नागरिक सवार नरहेको पुष्टि


३० जेष्ठ २०८२, बिहिबार  

102
Shares

काठमाडौं । लण्डनतर्फ उडान भरिरहेको एयर इण्डियाको विमान दुर्घटनामा परेको छ, तर त्यसमा कुनै पनि नेपाली नागरिक नदेखिएको पुष्टि भएको छ।

२ सय ४२ जना यात्रु सवार उक्त विमानमा नेपाली नागरिक हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। दूतावासका कन्सुलर सञ्जीव शर्माले भारतीय पक्षले पठाएको यात्रु विवरणको अध्ययनपछि कुनै पनि नेपाली नागरिक सवार नभएको पुष्टि भएको जानकारी दिए।

शर्माका अनुसार विमानमा रहेका यात्रुहरू मुख्यतः भारतीय, बेलायती, क्यानाडियन र पोर्चुगिज नागरिक थिए। एयर इण्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा मानवीय क्षति वा अन्य विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। एयर इण्डियाले घटना सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाइएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१