काठमाडौं । समाचार सम्प्रेषणकै कारण साइबर अपराधको आरोप खेपिरहेका वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। पाठक बिहीबार जिल्ला अदालत काठमाडौंमा स्वेच्छिक रूपमा उपस्थित भएका थिए। त्यसअघि साइबर ब्युरोले उनलाई तीन दिनअघि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको थियो। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा रिहा गर्न आदेश…