२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्क रहन अनुरोध


२१ असार २०८२, शनिबार  

39
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव स्पष्ट रूपमा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा सक्रिय रहँदा देशभर सामान्यदेखि मध्यम बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको जनाइएको छ। रातिको समय अझ बढी संवेदनशील हुने देखिन्छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित वर्षा र एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ।

भारी वर्षाका कारण शहरी तथा तराई भूभागमा डुबान, साना तथा ठूला नदी–नालामा पानीको सतह वृद्धि, यातायात सेवा प्रभावित हुने, कृषि तथा निर्माण क्षेत्रमा असर पुग्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ