२३ असार २०८२, सोमबार । July 8, 2025

फिफा क्लब विश्वकप: अल हिलाललाई हराउँदै फ्लुमिनेस सेमिफाइनलमा



एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेसले फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

गएराति अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलमा साउदी अरबको प्रतिष्ठित क्लब अल हिलाललाई २–१ गोल अन्तरले पराजित गर्दै फ्लुमिनेस अन्तिम चारमा पुगेको हो। खेलको पहिलो हाफमा ब्राजिलियन टोलीले प्रभावशाली खेल प्रस्तुत गर्‍यो। ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक लेफ्ट फुटेड प्रहार गर्दै टिमलाई अग्रता दिलाए।

तर दोस्रो हाफमा अल हिलालले पनि जवाफी आक्रमण तीव्र पार्‍यो। ५१औं मिनेटमा कालिडु कुलिबालीको सानदार पासमा मार्कस लियोनार्डोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको टर्निङ प्वाइन्ट भने ७०औं मिनेटमा आयो, जब फ्लुमिनेसका हरक्युलेसले बक्सभित्रको बल कुशलतापूर्वक नियन्त्रणमा लिँदै निर्णायक गोल गरे र टिमलाई २–१ को जीत सुनिश्चित गरे।

अब फ्लुमिनेसले सेमिफाइनलमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ, जसले खेल अझ रोमाञ्चक हुने संकेत गरेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले