२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा क्लब विश्वकप: अल हिलाललाई हराउँदै फ्लुमिनेस सेमिफाइनलमा


२१ असार २०८२, शनिबार  

24
Shares

एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेसले फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

गएराति अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा सम्पन्न क्वार्टरफाइनल खेलमा साउदी अरबको प्रतिष्ठित क्लब अल हिलाललाई २–१ गोल अन्तरले पराजित गर्दै फ्लुमिनेस अन्तिम चारमा पुगेको हो। खेलको पहिलो हाफमा ब्राजिलियन टोलीले प्रभावशाली खेल प्रस्तुत गर्‍यो। ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक लेफ्ट फुटेड प्रहार गर्दै टिमलाई अग्रता दिलाए।

तर दोस्रो हाफमा अल हिलालले पनि जवाफी आक्रमण तीव्र पार्‍यो। ५१औं मिनेटमा कालिडु कुलिबालीको सानदार पासमा मार्कस लियोनार्डोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको टर्निङ प्वाइन्ट भने ७०औं मिनेटमा आयो, जब फ्लुमिनेसका हरक्युलेसले बक्सभित्रको बल कुशलतापूर्वक नियन्त्रणमा लिँदै निर्णायक गोल गरे र टिमलाई २–१ को जीत सुनिश्चित गरे।

अब फ्लुमिनेसले सेमिफाइनलमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ, जसले खेल अझ रोमाञ्चक हुने संकेत गरेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ