१८ श्रावण २०८३, सोमबार । August 3, 2026

स्वस्तिश्री गुरुकुलमा SG MUN ४.० सुरु : युवा कूटनीति र नेतृत्वको उज्यालो यात्रा


२० असार २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई. बी. वल्र्ड स्कुलले शुक्रबार “SG MUN ” अर्थात् नमुना संयुक्त राष्ट्रसंघ सम्मेलनको भव्य उद्घाटन गरेको छ ।

“आजको सिकाइ, भोलिको नेतृत्व” भन्ने नारासहित सञ्चालित सम्मेलनले विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासमार्फत नेतृत्व विकासमा प्रेरित गर्ने उद्देश्य राखेको छ । कार्यक्रमको उद्घाटन SG MUN ४.० का महासचिव तथा कक्षा १२ का विद्यार्थी अधिश बिनोद पोखरेलले गरेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथि UNIC नेपाल प्रमुख सिम्रिका शर्माले युवा सहभागितालाई विशेष महत्व दिँदै भनिन्, “कूटनीति भनेको फरक मत राख्नेहरूसँग संवाद गर्ने प्रक्रिया हो ।”

उनले संयुक्त राष्ट्रसंघको ८०औं वार्षिकोत्सव तथा नेपालमा यसको ७० वर्ष पुरा भएको सन्दर्भमा युवालाई साझेदारको रूपमा हेर्नुपर्नेमा जोड पनि दिएकी थिइन । विशेष अतिथि Che&Co का प्रबन्ध निर्देशक चेवन राई र UNFPA नेपालकी रेश्मी सुनारले MUN अनुभव साझा गर्दै युवामा आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

स्वस्तिश्री गुरुकुलकी प्रधानाध्यापक नेहा के.सी.ले SG MUN लाई “युवाको जोश, कूटनीति र आवाजलाई एकसाथ ल्याउने मञ्च” भनेर वर्णन गर्दै सहभागी सबैलाई स्वागत र प्रायोजकप्रति आभार व्यक्त गरिन् । SG MUN ४.० आगामी असार २२ गतेसम्म सञ्चालन हुनेछ । यसमा उपत्यकाका ४० विद्यालयका १७५ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

सम्मेलनमार्फत विद्यार्थीले तर्क, संवाद, समस्याको समाधान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्रक्रियाको व्यावहारिक ज्ञान हासिल गर्नेछन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर