२ कार्तिक २०८३, सोमबार । October 19, 2026

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो


२३ असार २०८२, सोमबार  

36
Shares

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।

नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार परिसूचक सानो वृद्धिसहित २७ सय विन्दु नजिक पुगेको थियो। यस गिरावटसँगै बजारमा कुल सेयर कारोबार रकम पनि घटेको देखिन्छ। सोमबार ३११ वटा स्क्रिप्सका १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएका छन्, जसबाट ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको हो।

आइतबारको तुलनामा करिब १ अर्ब १३ करोडले कारोबार रकम घटेको हो। सोमबारको कारोबारमा कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलसम्म उक्लन सकेन। यद्यपि, माथिल्लो मैलुङ खोला जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर मूल्यमा झण्डै ६ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै, राप्ति हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्, सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार ८० करोड रुपैयाँभन्दा बढीमा सम्पन्न भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४१ करोडको, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २४ करोडको, साहस उर्जाले २० करोडको र नगदी ग्रुपले १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरे।

सोमबारको बजार विश्लेषण हेर्दा, कारोबारमा समावेश ३९ स्टकको मूल्य बढेको भए पनि २०९ स्टकको मूल्य घटेको छ। समग्रमा प्रायः समूहहरूमा गिरावट देखिएको छ भने फाइनान्स समूहको उपसूचकमा सबैभन्दा बढी, ३.७६ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि