३ आश्विन २०८३, शनिबार । September 19, 2026

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्गको यातायात पूर्णरूपमा अवरुद्ध


२५ असार २०८२, बुधबार  

24
Shares

बुटवल । निरन्तरको वर्षापछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलानजिक सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा रातिदेखि नै सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ।

सडक भासिएको स्थानमै लु १ क ५८२७ नम्बरको मालवाहक ट्रक फस्दा झनै समस्या जटिल बनेको हो। घटनापछि बर्दघाटतर्फ जाने सवारी साधनहरू टिसिएनचोकमा र पूर्वबाट आउने सवारीहरू दुम्किबासमै रोकिएका छन्। पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले सडक खुलाउने प्रयास जारी रहे पनि अविरल वर्षाका कारण काममा ढिलाइ भइरहेको जानकारी दिए।

खुर्सानी खोलाको यो क्षेत्र पहिल्यैदेखि सडक भासिने संवेदनशील बिन्दुका रूपमा चिनिन्छ। नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत दाउन्ने खण्डको झन्डै १४ किलोमिटर सडकको निर्माण कार्य सुस्त गतिमा रहेकाले बारम्बार यस क्षेत्रको यातायात अवरुद्ध हुने गरेको स्थानीयहरू बताउँछन्।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ