१६ श्रावण २०८३, शनिबार । August 2, 2026

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको तयारी : पहिलो चरणका ३ टावर आइपुगे

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि प्रारम्भिक चरणको काम तीव्र गतिमा अगाडि बढेको छ। भारतबाट मगाइएका पहिलो लटका ३ वटा टावर मध्यरातदेखि बिहानको कुनै समयमा काठमाडौं आइपुगेका छन्। फ्लडलाइट जडानको जिम्मा लिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहका अनुसार, यी टावरहरू हाल त्रिवि मैदानको बाहिरी भागमा राखिएका छन्। अब दोस्रो चरणमा…