२९ पुस २०८२, मंगलबार । January 13, 2026

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिँदा सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक–एक विकेट हात पारे।…