१ मंसिर २०८२, आइतबार । November 17, 2025

बाढीपहिरोले देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध



काठमाडौं । देशका विभिन्न स्थानमा निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण १० प्रमुख राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने कयौं सडकहरू आंशिकरूपमा मात्र सञ्चालनमा रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वी नेपालको सङ्खुवासभामा पर्ने कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवामा रहेको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, र म्याग्दीको दरवाङ सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गको केही खण्ड, डोल्पाको भेरी करिडोर, रुकुमपश्चिम–जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर तथा बझाङको जयपृथ्वी राजमार्गसमेत आवागमनका लागि पूर्ण रूपमा बन्द छन्।

यसका अतिरिक्त, बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीका केही सडक खण्ड र रोल्पाको सहिद राजमार्ग भने एकतर्फी सञ्चालनमा छन्, जसले गर्दा आवागमनमा कठिनाइ भइरहेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न नागरिकलाई आग्रह गरेको छ।

लगातारको वर्षाले अझ बढी क्षति हुन सक्ने भएकाले वैकल्पिक मार्गको खोजी र सूचना अपडेटमा ध्यान दिन सुझाव दिइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई