३ आश्विन २०८३, शनिबार । September 19, 2026

बाढीपहिरोले देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध


२५ असार २०८२, बुधबार  

45
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण १० प्रमुख राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने कयौं सडकहरू आंशिकरूपमा मात्र सञ्चालनमा रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वी नेपालको सङ्खुवासभामा पर्ने कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवामा रहेको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, र म्याग्दीको दरवाङ सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गको केही खण्ड, डोल्पाको भेरी करिडोर, रुकुमपश्चिम–जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर तथा बझाङको जयपृथ्वी राजमार्गसमेत आवागमनका लागि पूर्ण रूपमा बन्द छन्।

यसका अतिरिक्त, बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीका केही सडक खण्ड र रोल्पाको सहिद राजमार्ग भने एकतर्फी सञ्चालनमा छन्, जसले गर्दा आवागमनमा कठिनाइ भइरहेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न नागरिकलाई आग्रह गरेको छ।

लगातारको वर्षाले अझ बढी क्षति हुन सक्ने भएकाले वैकल्पिक मार्गको खोजी र सूचना अपडेटमा ध्यान दिन सुझाव दिइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ