२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको तयारी : पहिलो चरणका ३ टावर आइपुगे


२५ असार २०८२, बुधबार  

30
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि प्रारम्भिक चरणको काम तीव्र गतिमा अगाडि बढेको छ।

भारतबाट मगाइएका पहिलो लटका ३ वटा टावर मध्यरातदेखि बिहानको कुनै समयमा काठमाडौं आइपुगेका छन्। फ्लडलाइट जडानको जिम्मा लिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहका अनुसार, यी टावरहरू हाल त्रिवि मैदानको बाहिरी भागमा राखिएका छन्। अब दोस्रो चरणमा थप ३ वटा टावर आइपुग्ने तयारी भइरहेको छ।

साहका अनुसार टावरमा जडान गरिने लाइटहरू भने युरोपेली देशहरूमध्ये कुनै एकबाट आयात गरिनेछ। हाल कुन देशबाट लाइट ल्याइने भन्ने पक्का नभए पनि, प्राविधिक परीक्षण र प्रक्रिया पुरा भएपछि मात्र लाइट नेपाल पठाइनेछ। लाइट आइपुग्न झण्डै ३ देखि ४ हप्ता लाग्ने अनुमान गरिएको छ।

मैदानको फ्लडलाइट बेस निर्माणको काम सम्पन्न भइसकेको आयोजनाका इञ्जिनियरहरूले जनाएका छन्। प्यारापिटतर्फ सिट जडानको काम भने हाल जारी छ। मैदान स्तरोन्नति परियोजनाका प्रमुख चक्रवर्ती कण्ठले हालसम्मको प्रगतिबारे छिट्टै विस्तृत रिपोर्ट सार्वजनिक गरिने जानकारी दिएका छन्।

यो आयोजनाले नेपाली क्रिकेटमा रात्री खेल सञ्चालनको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ