काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सरकारले नयाँ बजेटमार्फत् लगाएको करको विरोधमा शुक्रबार सडक संघर्ष थालेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघको संयुक्त नेतृत्वमा व्यवसायीहरूले माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म र्याली निकाली कोणसभा सम्पन्न गरेका छन्। आन्दोलनमा व्यवसायीहरूसँगै कालिगढ र मजदुरहरू पनि सहभागी भएका थिए। उनीहरूले बजेटमा सुनचाँदी, रत्न…