काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अमेरिकाले पूरा ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले ७५ रन जोडे । उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए…