२४ भदौ २०८३, बुधबार । September 9, 2026

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी


१७ मंसिर २०८२, बुधबार  

24
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई सचेत गराएको छ।

नेपाल मेडिकल काउन्सिलमा दर्तावाला केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम, फोटो तथा प्राप्त गरेको डिग्री साईनबोड, ब्रोसर पम्प्लेट आदि प्रचारप्रसार सामाग्रीहरुमा राखि शैक्षिक परामर्श गरिरहेको भन्ने उजुरीको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको  मेडिकल काउन्सिलले जनाएको छ। 

मंगलबार विज्ञप्ति प्रकाशित गरी काउन्सिलले चिकित्सकको ‘कोड अफ इथिक्स’समेत स्मरण गराएको छ। ‘नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७ को बुदा नं. ५ए मा ‘अ मेडिकल प्राक्टिस्नर सुड नट अलो हर/हिज नेम टु एपियर अन एनी साइनबोर्ड ह्विच क्यारिज मर्चेन्डाइज अर सर्भिस प्रमोसन। सी/ही सुड नट अलो द प्लेसमेन्ट अफ हर/हिज साइनबोर्ड टु बि एसोसाइटेड विथ अदर साइनबोर्डस’ स्पष्ट रुपमा उल्लेख गरिएको’ मेडिकल काउन्सिलले चिकित्सकलाई सम्झाएको छ।

तसर्थ यस्तो कार्य लगायत ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७’ मा उल्लेखित कुनै बुदाहरु उल्लंघन हुने कुनै कार्यहरु नगर्न र नगराउनुहुन तथा उल्लंघन गर्ने चिकित्सकहरुलाई सोही ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७’ को बुदा नं. ९ मा उल्लेख भए बमोजिम सजाय हुने व्यहोरा सबै दर्तावाला चिकित्सक लगायत सम्पूर्ण सरोकारवालाहरूमा नेपाल मेडिकल काउन्सिल अनुरोध गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated