एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा ११ जना प्रहरी जवानको मृत्यु भएको छ भने ५ प्रहरी घाइते भएका छन् । रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पञ्जाव प्रहरीका अनुसार मचका नदी क्षेत्रमा साप्ताहिक गस्ती सकेर फर्किएका दुई गाडीमध्ये एउटा गाडी बिग्रिएर रोकिएको अवस्थामा रकेट…