२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मस्र्याङ्दी दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३ पुग्यो


७ भदौ २०८१, शुक्रबार  

135
Shares

दमौली । मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

भारतीय पर्यटक बोकेको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरास्थित पृथ्वी राजमार्गबाट करिब तीन सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका २३ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २२ जनालाई आँबुखैरेनी अस्पतालले मृत घोषणा गरेको हो। उद्धार गरेर चितवनको पुरानो मेडिकल कलेजमा लगिएका एक जनाको पनि मृत्यु हो । यस्तै, १६ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरेर काठमाडौँ लगिएको हो ।

पोखराबाट काठमाडौँतर्फ गइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस सडकबाट नदीमा खसेको थियो। बसमा चालक र सहचालकसहित ४३ जना सवार थिए ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ