उदयपुर । कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा–छोराको हत्या भएको छ । वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको बिहीवार बिहान पसलमै शव भेटिएको हो । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमा–छोराको शव देखेका थिए । ‘आमाको शव भुइँमा घोप्टो…