७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

नेशन्स लिगः रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले क्रोएशियालाई हरायो



एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ९ सयौं गोल गरेका छन् ।

नेशन्स लिगमा गएराति क्रोएशियासँगको खेलमा एक गोल गर्दै रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । यो खेलमा पोर्चुगलले क्रोएशियालाई २–१ गोलले हरायो । पोर्चुगलका लागि अर्को गोल डियोगो डलोटले गोल गरे । पोर्चुगलका लागि रोनाल्डोको यो १ सय ३१ औं गोल हो ।

गोल गरेपछि उनी भावुक बनेका थिए । रोनाल्डोले पोर्चुगलसहित स्पोर्टिङ लिब्सन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेल्दै ९ सयौं गोल पूरा गरेका हुन् । यो जीतसँगै पोर्चुगलले नेशन्स लिगको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । गएराति भएको यही समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले हराएको छ ।

यस्तै अन्य खेलमा सान मारिनो, नर्दन आयरल्यान्ड, स्लोभाकिया र डेनमार्क विजयी भएका छन् । सर्बिया र स्पेनले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा