काठमाडौं । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ । रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ ।…