१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

यूईएफए नेसन्स लिगः १० खेलाडिमा समेटिएको स्पेनको शानदार जित


२४ भदौ २०८१, सोमबार  

504
Shares

एजेन्सी । फिबयन रुइजले दुई गोल गरेपछि दश खेलाडीमा समेटिएको स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गरेको छ ।

स्पेनको जितमा जोसेलु र फेरान टोरेसले पनि एक–एक गोल गरे । नेसन्स लिगमा स्पेनको पहिलो जित हो । यसअघि पहिलो खेलमा स्पेनले सर्वियासँग गोलरहित बराबरी खेलेको थियो । स्पेनको जितमा खेलको चौथो मिनेटमै जोसेलुले गोल गर्दै अग्तरा दिलाए भने १३औं मिनेटमा रुइजले अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै स्विट्जरल्यान्डका जेकी अमडोनीले ४१औं मिनेटमा गोल गरेर गोल अन्तर कम पारे । तर, स्पेनले एक खेलाडी कम हुँदा पनि खासै असर परेन । ७७औं मिनेटमा फाबियन रुइजले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३(१ को अग्रता बनायो । त्यसपछि फेरान टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

जितपछि स्पेन दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा सर्वियालाई २(० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली