३ आश्विन २०८३, शनिबार । September 20, 2026

सकियो पेरिस पारालिम्पिक, २ सय १९ पदकसहित चीन पहिलो


२४ भदौ २०८१, सोमबार  

18
Shares

एजेन्सी । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ ।

आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए । यस वर्षको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक एउटा पदक जित्न सफल भयो । तेक्वान्दोको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशा गोबर्धनले कांस्य पदक जितिन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक तालिकामा पहिलो स्थान चीनको रह्यो । चीनले ९४ स्वर्ण, ७५ रजत र ५० कांस्यसहित कुल २१९ पदक जित्न सफल भयो । दोस्रो भएको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित कुल १२४ पदक जित्यो । अमेरिकाले ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित १०५ र नेदरल्याण्ड्सले २७ स्वर्ण, १७ रजत र १२ कांस्यससहित ५६ पदक जितेर क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।

यसैगरी क्रमशः ब्राजिल, इटली, युक्रेन, फ्रान्स, अष्ट्रेलिया र जापान क्रमशः टप टेनमा स्थान बनाउन सफल भए । नेपाल ७९औं स्थानमा रहेको छ । यही स्थानमा पाकिस्तान, भियतनाम, मोरिसस, मोन्टेनेग्रो, लक्जम्बर्ग र लिथुआनिया पनि छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली