१ कार्तिक २०८३, आइतबार । October 18, 2026

क्यानडामा हुने ओडीआई सिरिजको तालिका सार्वजनिक, नेपालको खेल कहिले ?


२४ भदौ २०८१, सोमबार  

267
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग टुअन्तर्गत क्यानडामा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

उक्त सिरिजमा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । उक्त तालिकाअनुसार पहिलो खेल नेपाल र क्यानडाबीच हुने क्यानले जनाएको छ । १६ सेप्टेम्बरमा हुने पहिलो खेलमा नेपाल आयोजक क्यानडाविरुद्ध मैदानमा उत्रनेछ । त्यस्तै १८ सेप्टेम्बरमा नेपालले ओमानको सामना गर्नेछ ।

२२ सेप्टेम्बरमा पुनः नेपाल र क्यानडाबीच खेल हुनेछ भने २४ सेप्टेम्बरमा ओमान र नेपालबीचको खेल हुनेछ । ओडीआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीबीच टी–२० अन्तर्राष्टंरिय सिरिज हुने भएको छ ।

टी २० आईमा पनि नेपालले घरेलु टोली क्यानडाको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि