१३ पुस २०८२, आइतबार । December 29, 2025

जाजरकोटको धुमामा पहिरोले घर पुर्‍यो

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा मानबहादुर चलाउनेको घर पहिरोले पुरेको छ। गएराित आएको पहिरोले चलाउनेको घर पुरेको हो। तर तीन सदस्यीय परिवारको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रामीडाँडा, नायकवाडा तथा सेपुखोलाबाट प्रहरी खटिएको छ । घटनास्थलमा फोन नलाग्ने भएकाले विवरण आउन बाँकी छ ।