९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

होटल, रेस्टुरेन्ट र बारमा अनलाइन भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता



काठमाडौं । उपभोक्ताले विद्युतीय कारोबारको क्रममा उपभोक्ताले तिरेको १० प्रतिशत भ्याट रकम फिर्ता हुने भएको छ ।

आन्तरिक राजस्व विभागले निर्धारण गरेको वस्तु वा सेवा खरिद गर्दा गरेको भुक्तानीमा लागेको भ्याट फिर्ता हुने सूचनामार्फत् जनाइएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ भन्ने उल्लेख गरिएको छ ।

सोही अनुरूप विभागको भदौ २१ को निर्णयानुसार डिजिटल भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवामा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेना गृहबाट प्रदान हुने सेवा, सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवा रहेका छन् ।

यिनीहरूको भुक्तानी विद्युतीय माध्यमबाट भएमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता हुने विभागले जनाएको छ । तर, यसका लागि विभागले ५ वटा शर्त निर्धारण गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी