काठमाडौं । जारी एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई फराकिलो गोल अन्तरले हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले हराएको छ । एपीएफका लागि रेनुका नगरकोटीले २ तथा सविता राना मगर, रश्मी घिसिङ, प्रीति राई र गीता रानाले समान…