९ चैत्र २०८१, आइतबार । March 23, 2025

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘भाइरल गोर्खे’को टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग, ऋषि धमला पत्रकारको भूमिकामा

काठमाडौं। निर्देशक निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’को टिजर

ऊर्जामन्त्रीलाई महावीरको सुझाव: कुलमान जस्तै काम गर, नत्र माफी माग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक

पूर्वराजा शाहसँग सबैभन्दा बढी त्रसित ओली !

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरू बीचको संघर्षले राजनीतिक वृत्तमा चर्को

राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो: डा. भट्टराई

जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष र पूर्वप्रधानमन्त्री

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखनाथ मन्दिरमा पूजाअर्चना

गोरखा । हाल गोरखामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु