७ बैशाख २०८२, आइतबार । April 21, 2025

आज सार्वजनिक हुँदै आईफोन १६ सिरिज, के–के छन् यसका आकर्षण ?



एजेन्सी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन सिजि लञ्च गर्ने गरेको छ ।

कम्पनीले आज राति बहुप्रतिक्षित आइफोन १६ मोडलको लाइन अप लञ्च गर्दैछ । कम्पनीले आइफोन १६, आइफोन १६ प्रोज सिरिज लञ्च गर्नेछ । यी फोनमा एआई फिचर्स हुनेछ । यसबाहेक कम्पनीले एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई मोडल पनि लञ्च हुने सक्ने अपेक्षा गरिएको छ ।

कम्पनीले यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ भन्ने ट्यागलाइन दिएको छ । यो कार्यक्रम कम्पनीका आधिकारिक वेबसाइट, एप्पल टिभी र युट्युबमा समेत हेर्न सकिनेछ । युट्युबमा लाइभ स्ट्रिमिङ हेर्न एप्पल च्यानलमा जानु पर्नेछ । कार्यक्रम राति १० बजेपछि शुरु हुनेछ ।

मिडिया रिपोर्टका अनुसार इभेन्टको लोगोले आइफोन १६ मा दिएको भिजुअल परिवर्तनलाई दर्शाएको बताइएको छ । नोटिफिकेशन इफेक्ट्समा पनि परिवर्तन देख्न पाइनेछ ।

डिस्प्लेको साइजमा हेरफेर

अनलाइनमा राखिएका तस्बिरहरूका अनुसार एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्नेछ । आईफोन १६ प्रो म्याक्समा ६ दशमलव ९ इन्चको डिस्प्ले हुन सक्ने बताइएको छ । आईफोन १६ प्रोमा भने ६ दशमलव ३ इन्चको डिस्प्ले हुन सक्नेछ । नयाँ आइफोनमा एप्पल इन्टेलिजेन्स पनि आउनेछ ।

एप्पलको यो फोनमा ओपनएआइएको च्याटजिपिटी पनि रहेनेछ । आइफोनमा च्याटजीपीटी –४० सपोर्ट हुनेछ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा नयाँ ए१८ चिप प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । सबै मोडलमा अर्को युनिक फिचर पनि हुन सक्ने बताइएको छ ।

क्यामराको डिजाइनमा परिवर्तन

आइफोन १६ को क्यामरा डिजाइनमा परिवर्तन देख्न सकिनेछ । यो डिजाइन आइफोन ११ को जस्तै हुन सक्ने खबर आएको छ । कम्पनीले क्यामराको सेन्सरलाई सुधारेको हुन सक्ने र लाइट सेन्सरलाई पनि राम्रो बनाएको हुन सक्ने अनुमान छ । खबरका अनुसार अघिल्ला मोडलको तुलनामा यो फोन सय डलर बढी महँगो हुन सक्ने छ ।

तर कम्पनीले अहिलेसम्म यसको पुष्टि भने गरेको छैन । कम्पनीले आइफोन १५ सिरिजको मूल्य पनि कटौती गर्र्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक