१३ बैशाख २०८३, आइतबार । April 26, 2026

आइफोन–१६ सिरिज सार्वजनिक, कति छ सुरुवाती मूल्य ?


२५ भाद्र २०८१, मंगलबार  

6.2k
Shares

एजेन्सी । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ ।

सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो । प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ । यी फोनमा भएको डिस्प्ले आईफोनमा भएको सबैभन्दा ठूलो डिऊ रहेको दाबी गरिएको छ । यसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ । कम्पनीले यी मोडेलमा प्रो मोसन डिस्प्ले उपलब्ध गराएको छ ।

फोनको फ्रेममा भने फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ । यसअघिको आईफोन १५ प्रो मोडलभन्दा यो फ्रेम बढी बलियो र टिकाऊ हुने दाबी कम्पनीको छ । यसमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ । त्यसबाहेक यी मोडेलमा अहिलेसम्मकै राम्रो ब्याट्री रहेको कम्पनीको दाबी छ । यी मोडेलमा एप्पल इन्टेलिजेन्सका सबैभन्दा स्तरीय फिचरहरू प्रयोग गर्न सकिनेछ ।

एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ प्रो मोडेलको सिरीलाई जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक तपाईंले भनेकै भरमा सिरीले नोट एप खोलेर तपाईंले भनेको कुरा टाइप गरिदिनेछ । यसमा भएको एआईले नै फोटोलाई आवश्यकता अनुसार एडिट गरिदिनेछ । यी मोडेल ए १८ प्रो बायोनिक चिपसेटद्वारा सञ्चालित छन् । यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले जनाएको छ ।

यसमा १६ कोर न्युरल इन्जिन लाईछ । जेनेरेटिभ एआई फिचरका लागि ३६ ट्रिलियन अपरेसन प्रति सेकेन्ड काम गर्न सक्ने बताइएको छ । यसमा १७ प्रतिशत बढी मेमोरी ब्यान्डविथ छ । जीपीयूका सन्दर्भमा यसमा ६ कोर जीपीयू छ । ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ । त्यस्तै ए १७ प्रोभन्दा यो चिपसेट दुई गुणा तिब्र क्षमताको छ । फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ ।

त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ । यसमा अटो फोकसको सुविधा पनि छ । टेलिफोटो क्यामेराका सन्दर्भमा यसमा १२ मेगापिक्सेलको फाइभ एक्स जिम टेलिफोटो क्यामेरा रहेको छ । यसमा रहेको क्यामेरा कन्ट्रोल बटनबाटै फोटो वा भिडिओ स्विच गर्न सकिन्छ । फोटो वा भिडिओको एक्सोजर पनि क्यामेरा कन्ट्रोल बटनबाट मिलाउन सकिने छ । सब्जेक्ट फोकस नहटाई फ्रेम मिलाउन सकिने पनि क्याप्चर बटनले सहयोग गर्नेछ ।

कन्ट्रोल प्याडबाट फोटोको कलर एड्जस्ट गर्न सकिने छ भने क्यामेरा कन्ट्रोल बटनबाटै कलर ग्रेडियन्ट मिलाउन सकिने छ । भिडिओका सन्दर्भमा यसबाट फोरके रेजोलुसनसम्मको भिडिओ खिच्न सकिनेछ । १२० एफपीएसमा यसबाट सिनेम्याटिक स्लोमोसन भिडिओका खिच्न सकिनेछ । १२० एफपीएसमा अन्य किसिमका भिडिओ पनि खिच्न सकिने बताइएको छ । एकै पटक भिडिओ खिच्दा कति फ्रेममा खिच्ने भन्ने तत्कालै सेट गर्न सकिने छ ।

त्यसबाहेक क्याप्चर बटनबाटै विभिन्न साइजको फोटो खिच्न सकिनेछ । अडियोका सन्दर्भमा यसमा चार ओटा स्टुडिओ क्वालिटी माइक छन् । गुणस्तरीय अडियो रेकर्ड गर्न यी माइक उपयुक्त हुने दाबी कम्पनीको छ । एयरपड्स प्रो र भिजन प्रोका लागि उपयुक्त हुने अडियो पनि यिनै माइकको सहायताले रेकर्ड गर्न सकिन्छ ।

आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin