७ माघ २०८१, सोमबार । January 20, 2025

एप्पलले सार्वजनिक गर्यो हालसम्मकै पातलो स्मार्टवाच, के–के छन् फिचर ?



एजेन्सी । आइफोन निर्माता कम्पनि एप्पलले अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टवाच सिरिज १० सार्वजनिक गरेको छ ।

मंगलबार राति क्यालिफोर्नियाको मुख्यालयमा भएको एप्पल इभेन्ट २०२४ मा सिरिज १० सार्वजनिक भएको हो । यो स्मार्टवाच ९.८ एमएम पातलो हुने छ, जुन सिरिज नाइनको तुलनामा १० प्रतिशत पातलो हो । यसमा वाइड एङ्गल ओलेड डिस्प्ले हुने छ । जसले ढल्किएर घडिलाई हेर्दा पनि भिजुअल स्पष्ट देखिने बताइएको छ । यसअघिका एप्पल स्मार्टवाचहरूभन्दा यसको स्क्रिन चम्किलो पनि हुने भएको छ । यो सिरिजका स्मार्टवाच सिरिज नाइनको तुलनामा २० गुणा हलुका हुने छ ।

यस स्मार्टवाच सिरिजमा एप्पलले स्पिकर समेत अपडेट गरेको छ । यससँगै अब घडी आफैंमा मिडिया प्ले गर्न सकिने भएको छ । यसअघि भने अडिओ सुन्न ब्लुटुथ हेडफोन अनिवार्य थियो । त्यस्तै एप्पलले यस सिरिजबाट एआई फिचर पनि दिने भएको छ । यसका लागि यस सिरिजमा नयाँ चिप राखिएको छ । यस एआईले कलको बेला आवाजमा सुधार गर्ने, विजेट्स आफैं थप्ने र अनुवादमा पनि सहयोग गर्ने बताइएको छ ।

त्यस्तै स्वास्थ्य सम्बन्धीका सटिक सूचना दिन पनि यस सिरिजका घडीलाई सुधार गरिएको छ । जसले स्लीप एपनिया जस्ता समस्यालाई निगरानी गर्ने बताइएको छ । यसो हुँदा शरीरको विभिन्न अवस्था र निन्द्रालाई निगरानी गरी स्लिप अप्निया भएको छ वा छैन भन्ने सजिलै पहिचान हुने बताइएको छ । यस फिचर भने एप्पल वाच सिरिज नाइन र अल्ट्रा टूमा पनि उपलब्ध हुने भएको छ । यसले एक पटकको चार्जमा १८ घण्टाको ब्याकअप दिने छ ।

घडीले पानीको तापक्रम र गहिराइ मापन गर्न सक्ने एप्पलको दाबी छ । साथै पानीभित्रको संसार अन्वेषण गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने एप्पलको भनाइ छ । यसको स्ट्राइप भने नाइकीको ब्राण्डको उपलब्ध हुने बताइएको छ । यस सिरिजमा एप्पल एस १० प्रोसेसर, फोर कोर न्युरल इन्जिन, क्रयाश र फल डिटेक्सन हुने भएको छ ।

विश्वका १५० बढी देशमा उपलब्ध हुने सिरिज १० मा जीपीएस फिचर भएकोलाई ३९९ डलर र जीपीएस तथा सेलुलर फिचर भएकोलाई ४९९ डलर पर्ने छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको