काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रूपमा देखिएको छ। मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तरतिर सरेको छ, जसको कारण अधिकांश भागमा वर्षाको सम्भावना उच्च देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि…