२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पहिलो सिजनको एनपीएलबाट क्यानले कमायो झण्डै साढे २ करोड नाफा


१६ श्रावण २०८२, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै २ करोड ४६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

बिहीबार बसेको क्यानको बोर्ड बैठकपछि सार्वजनिक गरिएको विवरणअनुसार, प्रतियोगिताबाट प्राप्त कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ पुगेको हो। एनपीएल आयोजनामा कुल २० करोड १५ लाख रुपैयाँ खर्च गरिएको थियो। यसरी आम्दानी र खर्चको अन्तरबाट ७ करोड ५३ लाख रुपैयाँ मुनाफा देखिएको छ। त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठवटै फ्रेन्चाइज टोलीबीच बाँडफाँड गरिएको क्यानले जनाएको छ।

बाँकी रहेको ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई वितरणपछि क्यानको खातामा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ। एनपीएलको आय-व्यय विवरण गभर्निङ काउन्सिलमार्फत प्रस्तुत गरिएको प्रतिवेदनको अध्ययन र छलफलपछि क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय गरेको छ।

क्यानका अनुसार आगामी संस्करणहरू अझ व्यवस्थित र पारदर्शी बनाउन प्रस्तुत विवरण महत्त्वपूर्ण आधार बन्नेछ। बोर्ड बैठकमा १२ वटा एजेन्डा भए पनि बैठकपछि राति जारी गरिएको प्रेस विज्ञप्तिमा एनपीएलसँग सम्बन्धित विषय मात्रै सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ