काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता हटाउने विषय अनावश्यक विवादको रूपमा चित्रण गर्दै त्यसप्रति गम्भीर असन्तोष व्यक्त गरेकी छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधान, कानून, तथा नागरिकको स्वतन्त्रताको मर्म विपरित पार्टीको निर्णय आएको बताउँदै त्यसले आफैं पार्टीको साखमा आघात पुर्याउने चेतावनी दिइन्। “पार्टी सदस्यताबाट हटाउनुपर्ने कुनै ठोस कारण छैन। यो…