५ असार २०८३, शुक्रबार । June 19, 2026

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाले गर्‍यो ‘क्लिन-स्वीप’


१३ श्रावण २०८२, मंगलबार  

42
Shares

काठमाडौं । अस्ट्रेलियाली क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नयाँ इतिहास रच्दै वेस्ट इन्डिजलाई ५-० ले क्लिन स्वीप गरेको छ ।

मंगलबार बिहान सम्पन्न पाँचौं तथा अन्तिम खेलमा ३ विकेटको रोमाञ्चक जितसँगै अस्ट्रेलियाले पहिलोपटक टी-२०आई शृंखलामा पाँचै खेल जित्ने उपलब्धि हासिल गरेको हो । १७१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अस्ट्रेलियाका मिचेल ओवेनले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३७ रन जोडे ।

क्यामरन ग्रीनले १८ बलमा ३२ तथा टिम डेभिडले १२ बलमा ३० रन बनाएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए । वेस्ट इन्डिजका बलर अकिल होसेनले प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन खर्चिएर ३ विकेट लिएका थिए । अल्जारी जोसेफ र जेसन होल्डरले २-२ विकेट लिएर अस्ट्रेलियालाई दबाबमा राख्न प्रयास गरे पनि सफल हुन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १७० रन बनायो । शिम्रोन हेटमायरले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए भने शेरफन रदरफोर्डले ३५ रनको योगदान दिए ।

अस्ट्रेलियाका बेन डारशुइसले ३ विकेट लिए भने नेथन एलिसले २ विकेट लिए । एडम जाम्पा, शन एबट, आरोन हार्डी र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिएर विपक्षी टोलीलाई थाम्न सफल भए ।

यसअघि अस्ट्रेलियाले पहिलो खेलमा ३ विकेट, दोस्रोमा ८ विकेट, तेस्रोमा ६ विकेट र चौथो खेलमा ३ विकेटले जित निकालेको थियो । टी-२० शृंखलाअघि भएको तीन खेलको टेस्ट शृंखलामा समेत अस्ट्रेलिया अपराजित रहँदै विजयी भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा