काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । लुम्बिनीले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्यो । चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई हराएको थियो । चितवनले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाउँदै पूरा…