४ श्रावण २०८३, सोमबार । July 21, 2026

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा


२९ माघ २०८२, बिहिबार  

42
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ।

पहिलो पटक युरोपेली छनोट पार गरेर विश्वकपमा पुगेको इटालीले पहिलो सहभागितामै ऐतिहासिक जित हात पारेको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको इटालीले नेपालविरुद्ध उत्कृष्ट पुनरागमन गर्‍यो। नेपाल र इटालीबीच टी–२० मा यो पहिलो भेट थियो।

उक्त भेटमै इटालीले प्रभावशाली जित निकाल्दै एकदिवसीय क्रिकेटमा बेहोरेका हारको बदला समेत लिएको छ। लगातार दोस्रो हारपछि नेपालको सुपर–८ पुग्ने सम्भावना निकै कमजोर बनेको छ। नेपाल अब आइतबार दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग हुनेछ।

पहिलो खेलमा भने नेपाल इंग्ल्यान्डसँग केवल ४ रनले पराजित भएको थियो। मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा अलआउट हुँदै १२३ रनमा सीमित रह्यो। जवाफमा इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेट्टायो। नेपाली बलरहरूले विकेट निकाल्न नसक्दा खेल एकतर्फी बनेको थियो।

इटालीको जितमा जस्टिन र एन्थोनी मोस्का दाजुभाइ चम्किए। उनीहरूले पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी गरे। जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्कासहित ६० रन बनाए भने एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्काको मद्दतले ६२ रन जोडे।

कप्तान रोहितकुमार पौडेलले ६ जना बलर प्रयोग गरे पनि विकेट लिन सकेनन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर